ढुँगा गिटी बालुवा संकलन तथा उत्खनन् गरि बिक्री गर्ने प्रयोजनका लागि वोलपत्र आव्हान सम्बन्धी सूचना

वोलपत्र आव्हान सम्बन्धी सूचना

नगरपालिकाको संक्षिप्त परिचय

नेपालको मानचित्रमा २७°३३'४८" देखि २७°४६'२६" उत्तरी अक्षांससम्म र ८६°११'१९" देखि ८६°२५'५०"  पूर्वी देशान्तरसम्म फैलिएर रहेको जिरी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत दोलखा जिल्लाको साविकको श्यामा र जिरी नगरपालिका मिलेर बनेको नगरपालिका हो । समुद्र सतहबाट १६४९ मिटरदेखि ५३४१ मिटरसम्मको उचाइमा अवस्थित रहेको यस नगरपालिकाले कुल २११.२५ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ । नगरपालिकाको पूर्वमा रामेछाप जिल्ला, पश्चिममा बैतेश्वर र गौरीशंकर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका र रामेछाप जिल्ला रहेका छन् ।